अपाङ्गता व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबै बीच सहकार्य आवश्यक (भिडियो)

डिसी नेपाल
४ फागुन २०८० १४:५४

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सवैबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले अपाङ्गतामैत्री वातावरण बनाउन र अधिकार स्थापीत गर्न सरोकारवाला मन्त्रालय लगायत सबैबीच सहकार्य हुनुपर्ने बताएका हुन्

उनले बजेट अभावका कारण पनि बिभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको जिकिर गरे । उहाले मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्नेमा जोड दिए।

साहायक सामाग्री बितरण कार्यक्रमहरुलाई तीनै तहका सरकारबीच समन्वयनका आधारमा अघि बढि बढाउनुपर्ने उनले बताए।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनमा मन्त्रालयले बिशेष ध्यान दिने मन्त्री आचार्यले बताए।

बैठकमा समिति सदस्यहरुले अपाङ्गता भएका लागि प्रभावकारी नीति बनाउनुपर्ने, राज्यका तर्फबाट आवश्यक सामाग्रीहरुको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *