ग्रीसले समलिङ्गी विवाहलाई मान्यता दियो
काठमाडौं । ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परागत ईसाई देश हो।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् ।
प्रस्ताव पारित भएपछि, ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, “नयाँ कानूनले यो गम्भीर असमानतालाई धेरै साहसी रूपमा हटाउनेछ।”
तर यो नयाँ कानूनलाई लिएर ग्रीसका मानिसहरू विभाजित छन्, अर्थोडक्स चर्चबाट कडा विरोध भइरहेको छ।
एथेन्समा समलिङ्गी विवाहको विरोधमा चर्चका समर्थकहरूले प्रदर्शन गरेका छन् ।
अर्थोडक्स चर्चका प्रमुख आर्कबिशप लेरोनिमोसले यो कदमले देशमा सामाजिक सद्भावमा हानी पुर्याउने बताएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment