सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा
काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो। महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दुराष्ट्र बन्ने बताए।
देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाई गर्न नहुने उनले बताए। उनले महासमिति बैठकबाट हिन्दूराष्ट्रको एजेण्डा उठाउने जिकिर गरे। हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे।
यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्रको एजेन्डा समेट्न भन्दै पूरक प्रस्ताव पेश गरिएको थियो । जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment