‘होटल सिटी गाउँ’ जाने हैन त ? {फोटो फिचर}

डिसी नेपाल
६ फागुन २०८० १५:२८

काठमाडौं। भक्तपुरको सुर्यबिनायक नगरपालिकाको बाछामारीमा अवस्थित छ होटल सिटी गाउँ । २० बर्ष पुरानो होटल सिटी गाउँ सुन्दर हरियाली बगैँचा भित्र नेवारी संस्कृति झल्को दिने होटल हो ।

होटल सिटी गाउँ काठमाडौंको त्रिभूवन विमान स्थलबाट १७ किमिको दुरीमा अवस्थित छ । अरनिको राजमार्गको छेउमै रहेको यो होटलमा पारिवारिक वातावरण पाउन सकिन्छ । जो कोहीले पनि धान्न सक्ने यस होटलमा सुविधा सम्पन्न सुन्दर ४० बढी वेड रुमहरु तयारी अवस्थामा रहेका छन्।

 मौलिक शैलीमा बनेको यस सिटी गाउँ होटलमा ५ वटा २०० जना बढी मानिसहरुको क्षमता भएको सुविधा सम्पन्न हलहरुको पनि व्यवस्था रहेको छ।

सुन्दर प्रकृतिक हरियी बगैंचामा रमाउँदै प्रकृतिको आन्नद लिन सकिने यो होटल १० रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ नेवारी खाना, नेपाली थाली सेट, कन्टिनेन्टल, चाइनिज, इन्डियन जस्ता विभिन्न परिकारका खानाहरुको स्वाद लिन पाइन्छ।

होटल सिटी गाउँबाट विभिन्न हिमालयहरुको मनोरम दृश्यहरु देख्न सकिन्छ। यस होटलमा विभिन्न मौलिक सांस्कृतिक वास्तुकला झल्काउने सामानहरुको सजावट देख्न सकिन्छ।

यस होटलमा रूफटपका बगैंचामा बार्बेक्यु सहितको प्राइभेट पार्टी स्पेसको पनि व्यवस्था रहेको छ। होटल सिटी गाउँबाट भक्तपुर दरबार स्क्वार, नानखेल पुरानो गाउँ, नगरकोट, बोकाचो गढी, माली गाँउ, आसापुरी, डोलेश्वर महादेवको मन्दिर लगायतका स्थानहरुको भ्रमण पनि नजिकै रहेको छ ।

आफ्नो परिवार, साथीभाईहरु संग अविस्मरणीय समय बिताउन चाहनुहुन्छ भने होटल सिटी गाउँ राम्रो गन्तव्य बनाउन सक्नु हुनेछ । निकट भविष्यमा यस होटलले चिल्ड्रेन पार्कका साथै सुइमिङ पुल पनि निर्माण गर्ने योजना बनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *