युक्रेन युद्ध रुसका लागि जीवन र मृत्युको विषय : राष्ट्रपति पुटिन

डिसी नेपाल
७ फागुन २०८० १६:३४
1.1k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन रुसका लागि जीवन र मृत्युको विषय भएको बताएका छन् ।

रुसी मिडियासँग कुरा गर्दै पुटिनले युक्रेन युद्धमा के भइरहेको छ त्यो रुसका लागि जीवन र मृत्युको प्रश्न भएको बताएका छन् ।

सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, ‘युक्रेनी मोर्चामा जे भइरहेको छ, त्यो उनीहरूको रणनीतिक स्थितिको सुधारका लागि हुनेछ, तर हाम्रो लागि यो हाम्रो भाग्यसँग सम्बन्धित छ, यो जीवन र मृत्युको कुरा हो।”

पुटिनलाई उनले हालै अमेरिकी पत्रकार टकर कार्लसनलाई दिएको अन्तर्वार्ताको बारेमा सोधिएको थियो।

युक्रेन युद्धमा रुसको पक्ष विश्वसामु प्रस्तुत गर्नका लागि राष्ट्रपति पुटिनले एक अमेरिकी शो होस्टलाई दुई घण्टा लामो अन्तर्वार्ता दिएका थिए ।

पुटिनले यो अन्तर्वार्तासँग सम्बन्धित प्रश्नको जवाफ दिएका हुन् । यस अन्तर्वार्तामा पुटिनले रुसको इतिहासको बारेमा लामो कुरा गरे र युक्रेनको अस्तित्वमा प्रश्न उठाए।

यसैबीच, रुसले पूर्वी युक्रेनको एभडिभका सहर आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । युद्धको मोर्चामा पछि परेपछि युक्रेनले यहाँबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो ।

रुसले सोभियत युगको कोक प्लान्टमा केही युक्रेनी सैनिक अझै फसेको दाबी गरेको छ । युक्रेनी युद्धका केही सबैभन्दा भयंकर लडाइहरू यस महत्त्वपूर्ण शहरमा लडिएका छन्।

अवदेवकाको पतन गत वर्ष मेमा बाख्मुत सहर कब्जा गरेपछिको युद्धमा रुसको सबैभन्दा ठूलो सफलता हो। राष्ट्रपति पुटिनले दुई वर्षअघि युक्रेनमा आक्रमणको आदेश दिएका थिए।

योसँगै अमेरिकाले युक्रेनको हारका लागि अमेरिकी राजनीतिज्ञहरूलाई जिम्मेवार ठहराएको छ । राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न चाहन्छन् तर उनले अमेरिकी कांग्रेसबाट अनुमोदन पाउन असमर्थ छन्।

शनिबार, राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेर कांग्रेसले युक्रेनका लागि सहायता स्वीकृत गर्नेमा आफू विश्वस्त भएको बताए ।

युक्रेनी सैनिकहरूले अवडिभकामा हतियार र गोलाबारुदको अभावको सामना गर्नु परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *