बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलरको सैन्य सहायता दिने विश्वास दिलाए

डिसी नेपाल
८ फागुन २०८० १४:३८
532
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् ।

यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई भने – उनी विश्वस्त छन् कि यो स्वीकृत हुनेछ।

अमेरिकाले युक्रेनलाई कंग्रेसको समर्थन नहुँदा अवदिभकाबाट फिर्ता हुनु परेको आरोप लगाएको छ।

शनिबार युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अदिभका सहरबाट आफ्ना सैन्य फौज फिर्ता गरेको छ । यो रुसको गत वर्ष बाख्मुतमा जितपछिको सबैभन्दा ठूलो जित हो।

ह्वाइट हाउसले पनि एक विज्ञप्ति जारी गर्दै युक्रेनले अवदिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ, जुन कांग्रेसको अनिर्णयको परिणाम हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *