अमेरिकाद्वारा गाजामा अस्थायी युद्धविराम प्रस्ताव

डिसी नेपाल
९ फागुन २०८० १३:०१
40
Shares

काठमाडौं । अमेरिकाले गाजामा अस्थायी युद्धविरामका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गरेको छ ।

मस्यौदामा इजरायलले रफाह सहरमा आक्रमण नगर्न आग्रह गरिएको छ । यसअघि संयुक्त राष्ट्रसंघमा यस विषयमा भएको मतदानमा अमेरिकाले ‘अस्थायी युद्धविराम’ शब्द प्रयोग गरेको थिएन। तर राष्ट्रपति जो बाइडेनले यो शब्द प्रयोग गर्दै आएका छन्।

गाजामा इजरायलको तीव्र आक्रमणपछि पाँच लाखभन्दा बढी मानिस रफाह भागेका छन् । पूरै रफाह यसबाट भरिएको छ।

यो सहरमा योभन्दा धेरै मानिसलाई आश्रय दिने क्षमता छैन। प्यालेस्टाइन र इजरायलबीच युद्ध सुरु हुनुअघि यहाँको जनसंख्या २.५ लाख थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *