सुन्दर हरियालीको बिचमा ‘होटल घ्याम्पे डाँडा’ {भिडियोसहित}

डिसी नेपाल
९ फागुन २०८० १५:३२

काठमाडौं। वरिपरी सुन्दर हरियालीको बिचमा होटल घ्याम्पे डाँडा आफ्ना पाहुनाहरुलाई स्वागत गर्न तम्तयार भएर बसेको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका भित्र पर्ने यो होटल राजमार्गबाट दक्षिण ७ किमीको दुरीमा अवस्थित छ ।

यहाँबाट उत्तर तर्फ देखिने हिमालका लहर अनि दक्षिण तर्फ देखिने हरियाली बिशाल फाँटहरुले मुस्कुराउँदै पर्यटकलाई लोभ्याउने गर्दछ। एतिहासिक स्थानमा रहेको होटल घ्याम्पे डाँडा थ्रि स्टार बर्गको होटल हो।

सुबिधा सम्पन्न यस होटलका प्रत्यक रुमबाट हिमाल हेर्दै चियाको चुस्की लिदैँ आन्नद लिन सक्नुहुनेछ। काठमाडौं उपत्यकाबाट निजिकै यस होटलबाट नजिकै रहेको पाइलट बाबा आश्रम, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्रमा हाइकिंग गर्न सकिन्छ।

सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठाहरु रहन्छन्, करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट २०० सवारी साधन अट्ने पार्किङ्गको पनि व्यवस्था रहेको छ । यस होटलमा एक दिनमा ६ सय भन्दा बढि मानिसलाई व्यस्थापन गर्न सकिन्छ । यहाँ सूर्य र गणेश गरि दई वटा सभाहलहरु रहेका छन् ।

शान्त, सुन्दर र मानोरम वातावरणमा रमाउँदै नेपाली इन्डियन, चाइनीज, कन्टिनेन्टल खानाको स्वाद लिन सक्नुहुनेछ । शनिबारका दिन विशेषत यहाँ स्थानिय पर्यटकहरुको भिड लाग्ने गर्दछ । पारिवारीक, ब्यवशायिक गोष्ठी, कार्यशाला, तालिमको लागि उपयुक्त स्थान हो होटल घ्याम्पे डाँडा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *