कांग्रेस महासमिति बैठक सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

डिसी नेपाल
१० फागुन २०८० २०:०४
92
Shares

काठमाडौं। चार वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावका साथै लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएको हो। चार वटै प्रस्तावहरुमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरुले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिएको थियो।

सुझावहरुलाई पछि केन्द्रीय समितिले समावेश गरेर दस्तावेजहरुलाई अन्तिम रुप दिने कांग्रेसले जनाएको छ। बैठकले वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढसंकल्पित रहने अठोट गरेको छ भने अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सबैखाले विभेद र हिसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ। शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जाहेर गरेको छ। समापन समारोहमा कांग्रेस नेताहरुले पार्टीलाई बलियो बनाउन एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *