प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
बिहीबार बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगेपछि बैठक आजसम्मका लागि स्थगित भएको हो।
गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा बिहीबारकाे बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए।
यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार ताेकिएकाे सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पति भएकाे ‘खाद्य स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिकाे प्रतिबेदन २०८०’ पेश गर्ने छिन्।
अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८०’ माथि बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजायँ (दाेस्राे संसाेधन) बिधेयक २०८०’ लाइ दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सम्भावित कार्यसूचीमा उल्लेख गरिएकाे छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment