साम्राज्ञी र धिरजले दोस्रो पटक ‘रुमानी रंग’मा रोमान्स गर्दै

डिसी नेपाल
११ फागुन २०८० ११:२९

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रंग’ को औपचारिक घोषणा गरिएको छ ।

अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोस्रो पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।

उनीहरु लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन्। ‘इन्टु मिन्टु लन्डनमा’मा उनीहरुको रोमान्सलाई खुबै मनपराइएको थियो।

राजधानीमा आज एक कार्यक्रमकाबिच घोषणा भएको यो सिनेमामा कथारपटकथारसंवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।

यसअघि यो टिमले एक्सन थ्रिलर‘लाखे’ निर्माण गरेको थियो। सिनेमामा आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले‘डमरूको डण्डीवियो’‘नेप्टे’‘क्यापटेन’ तथा‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुस्खसमेत देखाउनेछ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ।‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *