कार्यकाल सकिनै लाग्दा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाले गरे राष्ट्रपतिसँग भेटवार्ता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment