पर्यटकको रोजाईमा पर्न सफल ‘भिलेज हाइल्याण्ड रिसोर्ट’

डिसी नेपाल
११ फागुन २०८० १५:००

काठमाडौं। ऐतिहासिक स्थान रानीकोटमा अवस्थित छ ‘भिलेज हाइल्याण्ड रिसोर्ट’। विदेशी तथा स्वदेशी पर्यटकको रोजाईमा पर्ने यस रिसोर्टसम्म पुग्न भक्तपुरको सुर्यबिनायक चोकबाट दक्षिण तर्फ ५ किलोमिटर पिच र २ किलोमिटर कच्ची बाटो हिँड्नु पर्छ ।

पाँच रोपनी जग्गामा फैलिएको यस रिसोर्टमा हाल तीन वटा भवन छन्। रिसोर्टमा हाल ३ वटा हल छन्। जसमा ३० जना, ७० जना र १५० जना मानिस अट्ने क्षमता छ । यहाँ वार, स्वीमिङपुल, सुविधा सम्पन्न कोठाहरूका साथै बालबच्चाका लागि रमाउने ठाउँ, पिङ लगायतको व्यवस्था रहेको छ।

सुविधा सम्पन्न यस रिसोर्टबाट सूर्योदयसँगै दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

यस रिसोर्टका प्रत्यक कोठाहरुबाट प्रकृतिको मनोरम छटाहरु अवलोकन गर्न सकिन्छ। पारिवारीक वातावरणमा यहाँ पाइने विभिन्न परिकारको खानाको स्वाद लिन सक्नुहुनेछ ।  शुक्रबार र शनिबारका दिन आन्तरिक पर्यटकले भरिभराउ हुने भिलेज हाइल्याण्ड रिसोटबाट विभिन्न प्रजातिका चराहरुलाई नजिकबाट निल्यान सकिनेछ ।

शुक्रबार र शनिबारका दिन आन्तरिक पर्यटकले भरिभराउ हुने भिलेज हाइल्याण्ड रिसोर्टमा चराहरुको सुमधुर आवाजमा रमाउन सक्नुहुनेछ। यस रिसोर्टका कोठाहरुबाट काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकांश भागहरु देख्न सकिने छ। ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौती, कुसादेवी लगायतका रुटहरुमा यहाँबाट हाइकिङ समेत गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *