एडेनको खाडीमा एउटा जहाजमा मिसाइल आक्रमण

डिसी नेपाल
११ फागुन २०८० १४:४७

काठमाडौं । यमननजिकै एडेनको खाडीबाट गुज्रिरहेको कार्गो जहाजमा दुईवटा मिसाइल प्रहार भएको समाचार छ ।

युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सीले यस आक्रमणपछि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले जवाफी कारबाही गरेको जनाएको छ।

सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले भनेअनुसार यो कार्गो जहाजले प्रशान्त महासागरमा रहेको टापु देश पलाउको झण्डा बोकेको थियो।

यस आक्रमणको सम्बन्धमा हुथी विद्रोहीहरूले कुनै दाबी गरेका छैनन्। तर नोभेम्बरदेखि उनीहरूले यस क्षेत्रमा व्यापारी कार्गोमा आक्रमण गर्दै आएका छन्।

इरान समर्थित हुथी विद्रोहीले उत्तरपश्चिम यमनका अधिकांश भूभाग नियन्त्रणमा लिएका छन् । गाजा युद्ध विरुद्ध प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो कार्य जारी रहने उनको भनाइ छ।

सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले यो बेलायती कार्गो जहाजलाई यमनको अडेन सहरको दक्षिण पूर्वी तटबाट १३० किलोमिटर टाढा आक्रमण गरेको बताएको छ ।

यो जहाज थाइल्याण्डबाट लाल सागरतर्फ गइरहेको थियो । यसैबीच, बिहीबार इजरायली सेनाले लाल सागरमा इजरायलतर्फ प्रहार गरिएको मिसाइललाई रोकेको बताएको छ।

यसअघि अमेरिकी सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा ‘आत्मरक्षा’ मा सातवटा मोबाइल क्रुज मिसाइल र एउटा मोबाइल ब्यालेस्टिक मिसाइल लन्चरलाई निशाना बनाएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *