केकी अधिकारी र राजन न्यौपाने फिचर्ड भिडियो ‘मिर्मिरे भो’ सार्वजनिक

डिसी नेपाल
१२ फागुन २०८० ११:१९
212
Shares

काठमाडौं ।विदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले विदेशीन्छन्। यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन्।

एक ब्यक्तिले विदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ। तर केही नलागेर अन्तिम विकल्पको रुपमा विदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ । राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डी प्रसाद काफ्लेको संगीत गरेका छन्।

केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेष्ठ फिचर्ड गीतको भिडियो पछिल्लो समयका लोकप्रिय निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन्। भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।

बिगत २ दशक देखि जापानमा रहेका गायक राजन न्यौपानेले ४ बर्ष देखि गुरु चन्डी प्रसाद काफ्ले संग अनलाइन सगीत क्लास लिइरहेका छ्न्। आफ्नो ब्यस्त दैनिकी बीच पनि आफ्नो जन्मभुमी प्रतिको माया र नेपाली कला क्षेत्रलाइ सम्झिदै केहि नौलो र संदेश मुलक गीतहरु गर्ने आफ्नो उद्देश्य रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *