व्यापक दवावपछि रुस प्रशासनद्वारा विपक्षी नेता नाभाल्नीको शव परिवारलाई फिर्ता

डिसी नेपाल
१३ फागुन २०८० ७:४५
48
Shares

काठमाडौं। रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई फिर्ता गरिएको नाभाल्नीका प्रवक्ताले बताएका छन्। नाभाल्नीकी आमा किरा यार्मिसलाई रुसी प्रशासनले मृत्यु भएको एक हप्ताभन्दापछि शव फिर्ता गरेको हो।

शव फिर्ता पाउनका लागि नाभाल्नीको परिवारले रुसी प्रशासनसँग ठूलो संघर्ष गर्नुपरेको छ। नाभाल्नीकी आमाले उनका छोराको मृत्युपछिको अवशेष प्राप्त गरेको बताउँदै अन्त्येष्टि हुन बाँकी रहेको बताएकी छन्। साथै सबैलाई धन्यवाद समेत दिएकी छन्।

नाभाल्नीको गोप्य अन्त्येष्टिका लागि आमालाई रुसी प्रशासनले व्यापक दवाव दिएको थियो। तर उनी त्यसका लागि सहमत भइनन्। रुसी प्रशासनले नाभाल्नी मृत्युको घोषणा गरेपछि आमाले शव राखेको ठाउँ पहिचान गर्न र शव प्राप्तिका लागि झण्डै एक साता साइबेरियाको आर्टिक जेल नजिकैको शहरमा बिताएकी थिइन्।

नाभाल्नीकी आमालाई प्रशासनले प्राकृतिक रुपमा मृत्यु भएको भन्ने मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको थियो। साथै तीन घन्टाभित्र गोप्य अन्त्येष्टिका लागि सहमत हुन समय दिंदै नमानेमा जेलभित्रै गाड्ने चेतावनी दिएको थियो।

नाभाल्नीको अन्तिम संस्कारको योजना अझै निर्धारण भइनसकेको बताइएको छ। प्रशासनले परिवार र समर्थकले चाहे अनुसार नाभाल्नीको अन्तिम संस्कार गर्न पाइने नपाइने अझै अन्योल छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *