स्पेनको अपार्टमेन्टमा भीषण आगलागी, चार जनाको मृत्यु, १५ बेपत्ता

डिसी नेपाल
१३ फागुन २०८० १२:०४

काठमाडौं । स्पेनको भ्यालेन्सिया सहरमा रहेको दुईवटा संयुक्त अपार्टमेन्ट ब्लकमा भीषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । यसबाहेक १५ जना बेपत्ता रहेको बताइएको छ ।

आकस्मिक सेवाहरूले भनेअनुसार आगो क्याम्पनारमा १४ तलाको आवासीय भवनमा लागेको थियो र चाँडै भवनको दुबै ब्लकहरूमा फैलिएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार अग्निनियन्त्रकहरूले बालकनीबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरेका थिए।

उक्त भवनका प्रबन्धकलाई उद्धृत गर्दै अखबार अल पेसले यस भवनमा १३८ फ्ल्याट रहेको र यसमा ४५० मानिस बसोबास गर्ने गरेको बताएको छ ।

यस घटनामा ६ उद्धारकर्मी र एक बालकसहित १५ जना घाइते भएका छन्, यद्यपि उनीहरु खतरामुक्त छन् ।

भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाले भने – उद्धारकर्मीहरूले अझै पनि १५ जनाको खोजी गरिरहेका छन्। तर, स्थानीय सरकारी अधिकारीहरूले यो संख्या १४ राखेका छन् ।

आगो निभाउनका लागि २० वटा दमकलको टोली खटाइए पनि हावाहुरीका कारण राहत कार्य प्रभावित भएको थियो । घटनास्थलमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *