लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

डिसी नेपाल
१४ फागुन २०८० ९:३२
472
Shares

काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *