आफ्नो गृह राज्यमा ट्रम्पसँग पराजित भएपछि निक्की हेलीले के भनिन्

डिसी नेपाल
१४ फागुन २०८० ११:४३

काठमाडौं । रिपब्लिकन नेतृ निक्की हेली आफ्नो गृह राज्य साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवारको चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी छिन् ।

साउथ क्यारोलिनामा ट्रम्पसँग हारेपछि निक्की हेलीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म लडिरहेकी छु किनभने ठूलो संख्यामा रिपब्लिकन प्राइमरी मतदाताहरू विकल्प चाहन्छन् र ७० प्रतिशत अमेरिकीहरू ट्रम्प–बिडेनलाई फेरि आमनेसामने हेर्न चाहँदैनन् ।”

साउथ क्यारोलिनाबाट ट्रम्पको जित प्राइमरी चुनावमा उनको सबैभन्दा ठूलो जित मानिएको छ । २०१६ को विपरीत, यस पटक ट्रम्पले यहाँ दुई पटक गभर्नर भइसकेकी निक्की हेलीको सामना गरिरहेका थिए। उनी यहाँका जनतामाझ लोकप्रिय छन्, त्यसैले यो ट्रम्पका लागि कठिन लडाई मानिएको थियो ।

तर शनिबार ट्रम्पले निक्की हेलीबाट २० प्रतिशत अंकले चुनाव जितेका थिए । गत वर्षको डिसेम्बरसम्म हेलीले साउथ क्यारोलिनामा ट्रम्पलाई जित्ने बताउदै आएकी थिइन् । तर जे नतिजा आएको छ त्यसले निक्की हेलीको सम्पूर्ण अभियानलाई नै धक्का दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *