तालिबानले जासुसीको आरोपमा पक्राउ गरिएका अस्ट्रियाली नागरिकलाई छोडिदियो

डिसी नेपाल
१४ फागुन २०८० १३:३३

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले गत वर्ष मे महिनामा पक्राउ परेका ८४ वर्षीय अस्ट्रियाली दक्षिणपन्थी कार्यकर्ता हर्बर्ट फ्रिट्जलाई आइतबार रिहा गरेको छ। यसका लागि अस्ट्रियाले कतारलाई धन्यवाद दिएको छ ।

कतार सरकारको मध्यस्थताले फ्रिट्जको रिहाइ सुरक्षित भएको र उनी दोहा पुग्न सफल भएको अस्ट्रिया सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

फ्रिट्जलाई गत वर्ष अफगानिस्तानमा पक्राउ गर्दा, अस्ट्रियाको एउटा अखबारले उनले त्यहाँको जीवनको बारेमा सकारात्मक रिपोर्टिङ गरेको बताएको थियो।

अखबारले भनेको थियो – यसले तालिबान सरकारको आप्रवासी विरोधी तर्कहरूलाई बल दिन्छ, जसमा उसले अफगानिस्तान एक सुरक्षित देश हो जहाँ शरणार्थीहरू फर्कन सक्छन् भन्ने गर्छ ।

डेर स्ट्यान्डर्डले आरोप लगाएअनुसार तालिबानले फ्रिट्जलाई जासुसीको आशंकामा पक्राउ गरेको थियो। अस्ट्रियाको विदेश मन्त्रालयले फ्रिट्जको रिहाइलाई सुरक्षित गर्न मे महिनादेखि काम गरिरहेको र कतार र काबुलमा रहेका ईयूका प्रतिनिधिहरूलाई उनको फिर्ताको प्रयासमा सहयोग गरेकोमा धन्यवाद दिएको बताएको छ।

डेर स्ट्यान्डर्ड र अन्य मिडियाका अनुसार फ्रिट्ज देशको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (एनडीपी) को संस्थापक सदस्य थिए, जुन १९८८ मा प्रतिबन्धित अति दक्षिणपन्थी समूह थियो।

यस वर्षको अन्त्यमा अस्ट्रियामा संसदीय निर्वाचन हुन लागेको छ, त्यसअघि गरिएको जनमत सर्वेक्षणमा अति दक्षिणपन्थी फ्रिडम पार्टीले अग्रता लिएको छ ।

यो पार्टीले फ्रिट्जको रिहाइका लागि सरकारलाई दबाब दिएको थियो । पार्टीले फ्रिट्ज अफगानिस्तानमा एउटा पुस्तकमा अनुसन्धान गरिरहेको बताएको छ।

कतारको विदेश मन्त्रालयले अफगानिस्तानको तालिवान प्रशासनको नाम नलिई अस्ट्रियाली नागरिकको रिहाइमा सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेको छ। यद्यपि, अस्ट्रियाली सरकारले फ्रिट्जलाई चरम दक्षिणपन्थीको रूपमा सक्रिय मानेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *