नवाज शरीफकी छोरी पञ्जाबको मुख्यमन्त्री निर्वाचित, देशको पहिलो महिला मुख्यमन्त्री बनिन्

डिसी नेपाल
१५ फागुन २०८० ११:१७

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् ।

५० वर्षीया मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । योसँगै उनी पाकिस्तानको इतिहासमा कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् ।

उनको पार्टी पाकिस्तान मुस्लिम लिग (एन) पञ्जाब विधानसभामा सबैभन्दा बढी सिट प्राप्त गरेको पार्टीको रूपमा उभिएको छ।

अरु कुनै दलको समर्थन बिना पनि यो दलको सदनमा सबैभन्दा बढी सदस्य रहेको छ । त्यसैले मरियम नवाजले सोमबार विधानसभामा मुख्यमन्त्री पदका लागि चुनावमा कुनै प्रकारको दुविधाको सामना गर्नु परेन।

मरियम पाकिस्तान मुस्लिम लिग-नवाज (एन)की वरिष्ठ उपाध्यक्ष हुन्।

मरियम नवाज पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई पराजित गर्दै मुख्यमन्त्री बनेकी छन् ।

मुख्यमन्त्रीका लागि मतदान गर्न पञ्जाब विधानसभामा जानुअघि मरियमले आफ्नी आमाको चिहानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *