प्यालेस्टाइन प्राधिकरणका प्रधानमन्त्री मोहम्मद शतयेहले दिए राजीनामा

डिसी नेपाल
१५ फागुन २०८० १४:०२

काठमाडौं । प्यालेस्टाइनी प्राधिकरणका प्रधानमन्त्री मोहम्मद शतयेहले राजीनामाको घोषणा गरेका छन् । गाजा युद्धपछि नयाँ सरकार गठनको बाटो खोल्न उनले राजीनामा दिएको बताइएको छ ।

प्यालेस्टाइनी प्राधिकरणलाई सुधार गर्न अमेरिकाको दबाबपछि शतयेहले राजीनामा दिएका हुन् । अमेरिकाले युद्धपछि गाजामा राम्रो शासनका लागि प्राधिकरणभित्र सुधार आवश्यक रहेको बताएको छ ।

प्यालेस्टिनी प्राधिकरण सन् १९९० को मध्यमा गठन भएको थियो। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) र इजरायलबीचको ओस्लो सम्झौतापछि प्यालेस्टिनी प्राधिकरण गठन भएको हो। यसको मुख्यालय रामल्लाहमा छ।

यसले गाजाका केही भागहरूमा शासन गर्छ। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, “गाजा पट्टीमा हाम्रा जनता विरुद्धको अभूतपूर्व आक्रमणको प्रतिक्रियामा यो निर्णय लिइएको हो। यो उनीहरूको राजनीतिक अधिकार, सुरक्षा र आर्थिक विकासको सन्दर्भमा लिइएको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *