जेलेन्स्कीले भने, ‘युक्रेनले रुसलाई हराएरै छाड्नेछ’

डिसी नेपाल
१५ फागुन २०८० १५:२०

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको युद्ध जित्ने बताएका छन् । उनले रुससँगको युद्ध भएको दुई वर्ष भइसकेको अवस्थामा आफ्नो देशले जित्ने बताएका हुन् ।

राजधानी किभमा जनतालाई सम्बोधन गर्दै उनले भने, “हामी कसैलाई युक्रेनलाई ध्वस्त पार्न दिनेछैनौं।” यस क्रममा उनीसँगै केही पश्चिमी देशका नेताहरु पनि थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले भने – युक्रेन र यसका सहयोगीहरूले क्रिमियामा युक्रेनको कब्जालाई पुन: स्थापित गर्न प्रयास गर्नुपर्नेछ।

रुसले क्रिमिया कब्जा गरेको १० वर्ष भइसकेको छ । यसपछि २४ फेब्रुअरी २०२२ मा रुसले पूरै युक्रेनमा हमला गर्‍यो।

जेलेन्स्कीका अनुसार यस युद्धमा अहिलेसम्म ३१ हजार युक्रेनी सैनिक मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *