अस्ट्रेलियन टिभी प्रस्तोताको गोली हानी हत्या, ग्रामिण इलाकामा फेला पर्‍यो शव

डिसी नेपाल
१७ फागुन २०८० ८:३४
352
Shares

सिड्नी। अस्ट्रेलियाली पुलिसले सिड्नी बाहिर एक ग्रामीण इलाकामा एक टिभी प्रस्तोताको शब फेला परेको छ ।

सुरक्षा अधिकारीका अनुसार उनको उडान परिचर प्रेमीकोसमेत सँगसँगै शव फेला पारेको छ । यसरी मृत्यु हुनेमा मनोरञ्जन पत्रकार २६ बर्षिया जेसी बेयर्ड र क्वान्टास फ्लाइट परिचर २९ लुक डेभिस हुन् ।

केही समय देखी हराइरहेका उनीहरूको हप्ता लामो खोजी पछि उनीहरूको शव फेला पारिएको हो र सुरक्षा अधिकारीका अनुसार उनीहरूको सामुहिक हत्या भएको हुन सक्ने गरी अनुसन्धान अघि बढाइएको थियो ।

सोही हत्या आरोपमा बेयर्डसँग सम्बन्ध राखेका २८ वर्षीय प्रहरी हवल्दार समातिएका छन, जसलाई यसअघि दुईवटा हत्याको अभियोग लागेको थियो ।

‘हामी धेरै विश्वस्त छौं कि हामीले ल्यूक र जेसीलाई फेला पारेका छौं,’ न्यू साउथ वेल्सका प्रहरी प्रमुख करेन वेबले भने, ‘दुई पीडितका परिवारले राहत र दुःखका साथ समाचार प्राप्त गरेको छों, यो जानकारी आरोपीको सहयोगमा आएको हो ।’

प्रहरीका अनुसार जोडीलाई मध्य सिड्नीको एक घरमा गोली हानेर सर्फबोर्ड झोलामा शव लोड गरी शहरबाट करिब दुई घण्टाको दूरीमा ग्रामीण स्थानमा लगेर छाडिएको थियो ।

ब्यालिस्टिक परीक्षण पछि उनीहरूलाइ, जहाँ अर्थात अपार्टमेन्टमा गोली हानिएको बन्दुकको गोलीको दागको अनुसन्धान गर्दै जाँदा पछि उक्त हतियार प्रहरी चौकी भित्रै भेटिएको थियो । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *