‘दृष्यम’ अब हलिउडमा पनि रिमेक हुने
मुम्बई। बलिउडको सुपरहिट फिल्म दृष्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन।
सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ। यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ। अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दृष्यम’ ले ठूलो सफलता हासिल गरेको छ।
भारत र चीनको बजारमा प्रभुत्व जमाउन सफल भएपछि अब यो कल्ट फ्रेन्चाइजी ‘दृष्यम’ विश्वव्यापी रुपमा आफ्नो जादु चलाउन तयार भएको छ। अब यो फिल्म हलिउडमा पनि आफ्नो जादू चलाउन तयार भएको खबर प्राप्त भएको छ। मनोरञ्जन उद्योगका ट्र्याकर तथा स्तम्भकार श्रीधर पिल्लईले आफ्नो ट्विटमार्फत यो जानकारी दिएका हुन।
पानोरमा स्टुडियोले दृष्यम १ र २ का मूल निर्माताबाट फिल्मको अन्तर्राष्ट्रिय अधिकार खरिद गरेको छ। जसका कारण अब दृष्यम फिल्म अमेरिका र कोरियाबाहेक अन्य धेरै भाषामा बन्ने भएको छ। यसबाहेक फिल्मको स्पेनिस संस्करणका लागि पनि चाँडै नै सम्झौता हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment