ढाकास्थित एक व्यापारिक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु

डिसी नेपाल
१८ फागुन २०८० ८:१६
60
Shares

काठमाडौं। बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

उपचारका लागि अस्पतालहरुमा पठाइएका मध्ये सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनासहित ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।

आगलागीमा परेका दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ। रेस्टुरेन्ट, कपडा र मोबाइल फोन पसलहरू रहेको सो भवनमा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे आगलागी भएको हो । एक रेस्टुरेन्टबाट सुरु भएको आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *