अफ्रिकी राष्ट्र चाडमा बिपक्षी नेताको गोली हानी गरियो हत्या
काठमाडौं। अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको गोली हानाहानमा मारिएका छन् ।
राज्य अभियोजक ओमर महमत केडेलायेले एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । ‘सो क्रममा राजधानी एनुजामेनामा डिल्लोको पार्टीको मुख्यालय नजिकै भारी बन्दुकको आवाज सुनिएको थियो, त्यसैमा उनी मारिए, ’ एक प्रत्यक्षदर्शीले भने । उनका अनुसार नेशनल सेक्युरिटी एजेन्सीको भवन नजिकै यसअघि भएको झडपमा धेरै व्यक्तिको मृत्यु भए पछि गोली हानाहान भएको थियो ।
‘उनले आत्मसमर्पण गर्न चाहेनन र उल्टै सुरक्षा अधिकारी माथी गोली हाने,’ चाडका सञ्चार मन्त्री अब्दरमान कौलामल्लाहले भने। बिहीबार राजधानीमा ठूलो मात्रामा सेनाको उपस्थिति थियो र राष्ट्रपति भवनमा प्रवेश निषेध गरिएको थियो। इन्टरनेट पहुँच, जुन एक दिन पहिले अवरुद्ध थियो, अझै पनि पुनर्स्थापित भएको छैन।
सैन्य अधिकारीहरूले सत्ता कब्जा गरेको तीन वर्षपछि मध्य अफ्रिकी राज्यलाई संवैधानिक शासनमा फर्काउनका लागि मे र जुनमा हुने राष्ट्रपतिको चुनाव अघि तनावको बीचमा हिंसा भड्किएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment