महारानीको किल्लामा भेटियो ५८ वर्ष पुरानो बोतलबंद पत्र, भित्र थियो जेम्स बन्डको सन्देश

डिसी नेपाल
१८ फागुन २०८० ११:०३

काठमाडौं । हालै बेलायतको जर्सीमा रहेको महारानी एलिजाबेथको दरबारमा सन् १९६६ को एक बोतलबन्द सन्देश भेटिएको छ । वास्तवमा, यो सन्देश प्रसिद्ध जासूस चरित्र जेम्स बन्डको नाममा थियो।

जर्सी हेरिटेजले एक सामाजिक सञ्जाल पोस्टमा भनेअनुसार एलिजाबेथ क्यासलमा अफिसर्स क्वार्टरको पहिलो तल्लामा नवीकरणको काम गरिरहेका कामदारहरूले चिम्नी खोल्दा तिनीहरूले बोतलमा लुकाइएको सन्देश भेट्टाए।

फेब्रुअरी २६, १९६६ को यो पत्रमा लेखिएको छ- ‘००७ जेम्स बन्ड, २६ फेब्रुअरी, १९६६। पी.एस. गोप्य एजेन्ट। कसैलाई नभन्नु।’ नोटको पछाडि लेखिएको छ, ‘इ. ए. ब्लेमपिड’, (सम्भवतः जर्सी कलाकार एडमन्ड ब्लेम्पिड), जसको अगस्ट १९६६ मा मृत्यु भयो। सिन कोनेरी अभिनीत जेम्स बन्ड फिल्म थन्डरबल रिलिज भएको करिब दुई महिनापछि यो नोट लेखिएको थियो।

बोतलमा फेब्रुअरी २३, १९६६ को साप्ताहिक रिभेल अखबारको संस्करणको १५ देखि १८ पृष्ठहरू पनि थिए। जर्सी हेरिटेजले पोष्टमा लेखेको छ, “हामीलाई रहस्यमय नोटको लागि तपाईंको मद्दत चाहिन्छ।” समूहले बोतलमा सन्देशको बारेमा जानकारी भएका जो कोहीलाई सम्पर्क गर्न आग्रह गर्यो।

यो पहिलो केस भने होइन । भर्खरै समुद्र तट सफा गर्ने क्रममा एक क्यानेडियन महिलासँग यस्तै घटना भएको छ । जब शेटलर नामकी एक महिलाले समुन्द्री किनारमा एउटा अनौठो कुरा भेट्टाइन्, उनले सोसल मिडियामा यसबारे सेयर गरिन् । महिलाले बोतलको तस्बिर सेयर गरेकी छिन् जसमा सन्देश लेखिएको छ ।

यो सन्देशसँगै २९ मे १९८९ को मिति पनि थियो । यसको मतलब यो बोतल ३४ वर्ष पहिले पानीमा फ्याँकिएको थियो र कैयौं माइलसम्म तैरिरहेको थियो। वर्षौं अघि लेखिएको सन्देश थियो- ‘हावा बिनाको घामको दिन हो।’ यसको मतलब कसैले यसलाई रमाइलोको लागि पानीमा हालेको थियो ताकि एक दिन कसैले यसलाई भेट्टाउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *