नर्वेको समुन्द्रमा हेलिकप्टर दुर्घटना

डिसी नेपाल
१८ फागुन २०८० १३:५८

काठमाडौं । नर्वेमा बुधबार एक हेलिकप्टर समुन्द्रमा अवतरण भएको छ । उक्त हेलिकप्टरमा ६ जना सवार थिए । पछि सबैलाई समुद्रबाट निकालेर अस्पतालमा भर्ना गरिएको थियो ।

रिपोर्टका अनुसार यो घटना बर्गनमा भएको हो। बुधबार साँझ करिब ७ः३० बजेदेखि हेलिकप्टर बेपत्ता भएको थियो । पछि केही मानिसहरूले दुर्घटनास्थल नजिकै समुद्रमा केही मानिसहरू देखे।

हकल्याण्ड युनिभर्सिटी अस्पतालले हेलिकप्टर दुर्घटनामा परेका सबै ६ जनालाई यहाँ ल्याइसकेको तर हाल उनीहरुको स्वास्थ्य अवस्थाबारे केही स्पष्ट नभएको जनाएको छ ।

एक प्रहरी प्रवक्ताले भनेअनुसार यो एक सिक्रोस्की एस-९२ मोडेल हेलिकप्टर थियो र एक खोज र उद्धार प्रशिक्षण मिसनको एक हिस्सा थियो। तर, हेलिकप्टर दुर्घटनाको कारणबारे केही स्पस्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *