नेपाल बंगलादेशसँग पराजित
काठमाडौं । काठमाडौंमा जारी साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसंग २–० गोल अन्तरले पराजित भएको हो। बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन्।
खेलको २५ औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यस्तै पेनाल्टीमार्फत ३१ औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन्।
अब नेपालले दोश्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ। लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ। शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment