नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने

डिसी नेपाल
२० फागुन २०८० १४:५०

काठमाडौं। नेपाल र नेदरल्याण्ड्स जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन्।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल खेल्ने भएका हुन्।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ। त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ।

अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *