चीनबाट कराँची जाँदै गरेको जहाजलाई मुम्बईमा रोकेपछि पाकिस्तानले के भन्यो ?

डिसी नेपाल
२० फागुन २०८० १५:३१
1.0k
Shares

काठमाडौं । चीनबाट पाकिस्तान जाँदै गरेको जहाजलाई मुम्बई बन्दरगाहमा रोकेपछि पाकिस्तानले आफ्नो प्रतिक्रिया दिएको छ ।

मिडिया रिपोर्टका अनुसार भारतीय एजेन्सीहरूले यो जहाजमा आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्रीको खेप रहेको दाबी गरे पनि पाकिस्तानले यसमा कुनै सत्यता नभएको बताएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले यसलाई तथ्यलाई गलत प्रस्तुत गर्ने भारतीय मिडियाको बानीको उदाहरण दिएको छ।

पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “यो कराचीमा रहेको कम्पनीको तर्फबाट लेथ मेसिन आयात गर्ने सामान्य मामला हो। यो कम्पनीले पाकिस्तानमा अटोमोबाइल कम्पनीहरूलाई पार्टपुर्जा आपूर्ति गर्छ। अर्डर गरिएको उपकरण व्यावसायिक प्रयोगको लागि हो भनेर स्पष्ट रूपमा देखाउँछ। यस सम्बन्धमा कारोवार पारदर्शी बैंकिङ च्यानल मार्फत भएको छ र यससँग सम्बन्धित कागजातहरू पनि उपलब्ध छन् ।”

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो कदमलाई गैरकानूनी भनेका छन् ।

भारतीय सुरक्षा निकायले गत जनवरीमा चीनबाट पाकिस्तान जाँदै गरेको जहाजलाई मुम्बई बन्दरगाहमा रोकेको थियो । यो जहाज पाकिस्तानको कराँची बन्दरगाह जाँदै थियो। शंकास्पद वस्तु रहेको सूचना पाएपछि रोकिएको थियो ।

चीनबाट ल्याइएको उक्त जहाजमा पाकिस्तानको आणविक कार्यक्रमसँग सम्बन्धित संदिग्ध खेप फेला परेको भन्सार अधिकारीहरुको दाबी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *