सन् २०१७ देखी बन्धक भएकी एक महिलाको उद्दार

डिसी नेपाल
२१ फागुन २०८० ८:३१

न्युयोर्क। सन २०१७ देखी बेपत्ता भएकी भनिएकी एक अमेरिकन महिलाको उदार गरिएको छ ।

मिशिगन राज्य प्रहरी उनको चिच्याएको सुने पछि उद्धार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । न्यूयोर्क पोस्टका अनुसार मिशिगन पुलिसले इन्कस्टरको एक मोटेलबाट २०१७ देखि हराइरहेको एक महिलालाई उनको चिच्याएको सुनेर उद्धार गरेको उल्लेख गरेको छ।

मिशिगन स्टेट पुलिस एमएसपी० का अनुसार पीडित महिलाले आफ्ना आमाबाबुलाई फोन गरेर आफूलाई मोटेलमा आफ्नो इच्छाविपरीत राखिएको जानकारी दिए पछि प्रहरीले उनको उद्दार गरेको हो ।

सन् २०१७ मा घरबाट बेपत्ता हुँदा उनी २० वर्षकी थिइन् । पीडित महिलाले घरमा फोन गरे पछि आमाले आफ्नी छोरीलाई मिशिगन एभिन्यूमा रहेको एभरग्रीन मोटेलमा बन्धक बनाएको जानकारी प्रहरीलाइ दिएकी थिइन् ।

एमएसपी लेफ्टिनेन्ट माइक शले भने, ‘पीडितकी आमाले हामीलाई फोनमा बताइन् कि उनी धेरै रोईरहेकी थिइन् र आफूलाई बचाउन कराइरहेकी थिइन्। त्यसको आधारमा हामीले उनलाई त्यो स्थानमा ट्रेस गर्यौं। पीडित आफैं त्यहाँ छिन्। उसलाई बचाउनको लागि मोटेलबाट धेरै चिच्याइन।’

पीडित महिलाको उमेर २७ वर्षको हाराहारीमा रहेको प्रहरीले जनाएको छ । उनको शरीरमा चोटपटकको निशान थिएन । उनलाई बन्धक बनाएको कोठा लागुऔषध र बन्दुकले भरिएको प्रहरीले जनाएको छ । अधिकारीहरूले भने कि उनी कोठामा एक्लै थिइन् तर धेरै दुःखी थिइन्।

प्रहरीका अनुसार पीडित महिलालाई अस्पताल लगिएको र परामर्श भइरहेको छ । साथै, पीडितलाई उनको परिवारसँग पुनर्मिलन गरिएको छ। यद्यपी प्रहरीले ती महिला बेपत्ता भए भन्नेबारे थप विवरण भने दिएको छैन र उनको परिचय गोप्य राखिएको छ ।

यसैबीच, लेफ्टिनेन्ट माइक शले भने, ‘हामी यस केसको अनुसन्धानमा के अगाडि आउँछ भनेर हेर्नेछौं। हामी यो मुद्दा मानव बेचबिखन वा घरेलु हिंसासँग सम्बन्धित छ कि छैन भनेर पनि हेर्नेछौं।’ तर, प्रहरीले शंकास्पद व्यक्तिको पहिचान गरिसकेको छ तर कसैलाई पनि पक्राउ गरिनसकेको जनाइएको छ ।

सोही क्रममा महिलाको सकुशल उद्दार भएको भन्दै नजिकका छिमेकी समुदायले भने राहत पाएका छन् ।

एभरग्रीन मोटेल नजिकै बिग जुग अटो सर्भिसका सञ्चालक मो जुगले भने, ‘सात वर्ष वा छ वर्षपछि हराएको महिला फेला पार्न पाउनु पत्याउनै नसकिने कुरा हो,’ अटो सेवा मालिकले भने, ‘तर अचम्म यतिका बर्षसम्म त्यहाँ केहि भएको देखिएन र सुनिएन, प्रहरीले उद्दार गरे पछि पो हामी अचम्ममा परयौं कि उनी यहाँ ६–७ बर्ष देखी थिइन ।’

मिशिगन राज्य पुलिसले अब ती महिला कसरी बेपत्ता भयो र अन्य कुनै पीडितहरू संलग्न छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *