क्रिमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दावी

डिसी नेपाल
२१ फागुन २०८० १४:३९

काठमाडौं । रुसले आइतवार क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाउँछ।

रुसी अधिकारीहरूले ३८ ड्रोन खसालेको बताएका छन् । जसका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो ।

युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।

हालै, रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ।

गत महिना मात्र रुसी सेनाले महत्वपूर्ण पूर्वी सहर अदिभका कब्जा गरेको थियो ।

यद्यपि रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति भएको स्वीकार गरेको छैन, तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन् ।

शनिबार, रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। आइतबार रुसले दक्षिणी खेरसन क्षेत्रलाई निशाना बनाएको थियो ।

युक्रेनी अधिकारीहरुका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *