रोज मोक्तानको सेलो गीत ‘मैलिंगो काटी खोर बन्छ’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२२ फागुन २०८० ११:१२

काठमाडौं। लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तानको नयाँ खान्दोके सेलो गीत‘मैलिंगो काटी खोर बन्छ’ सार्वजनिक भएको छ।

रोजकै शब्द, संगीत रहेको गीतको गायनमा उनलाई जितु लोप्चनले साथ दिएकी छिन्। गीतमा आगा लामाको संगीत संयोजन रहेको छ।

गीतमा पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको बिकृतिलाइ समाबेश गर्दै लोकलयमा बोलिने शब्द, संगीत प्रयोग गरिएको गायक मोक्तानले बताए।

गीतको भिडियोमा रोज मोत्तान, डोमा ह्योल्मो, प्रेम लोप्चन, बिनोद राई, जितु लोप्चन, सुवास लामा लगायतको अभिनय रहेको छ। राम केसीको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाइ बाबु राजा केसीले निर्देशन गरेका हुन् ।

रामेछापको सुनापति ५ भीरकोटमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन क्षेत्रमा प्रवेश गरेका थिए।

०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टेसुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको गरि ११ वटा एल्बम निकालिसकेका छन् ।

उनले ‘झमझम स्टकोट’, ‘कलकत्ते काइयो’, झिम्काइ देउ परेली‘, हेलम्बुको बजारमा.., हिउँ पर्‍यो फुरुरु‘, ‘रातो रातो गाला…’, ‘आँखाको रमझम’, ‘यानी माया’,लगायत करिब पाँच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *