हमासले इजरायलमा आक्रमण गर्दा यौन हिंसा गरेको संयुक्त राष्ट्र संघको रिपोर्ट
काठमाडौं । संयुक्त राष्ट्र संघको टोलीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले गरेको आक्रमणमा बलात्कार र सामूहिक बलात्कारलगायत यौन हिंसाका घटनाहरू भएका थिए भन्ने ‘विश्वास गर्ने उचित आधार’ रहेको बताएको छ।
टोलीले बन्धकहरूमाथि हुने यौन हिंसाबारे ‘विश्वसनीय सूचना’ रहेको पनि बताएको छ। जबकि हमासले आफ्ना बन्दुकधारी लडाकुहरूले आक्रमणका क्रममा कुनै यौन हिंसा नगरेको बताएको छ।
यो टोलीको नेतृत्व द्वन्द्वग्रस्त क्षेत्रमा हुने यौन हिंसा सम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि प्रमिला पट्टनले गरेकी थिइन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा नोभा म्युजिक फेस्टिभलको स्थल र आसपासका क्षेत्र सडक नं. २३२ र किबुट्ज रिम लगायत कम्तिमा तीन स्थानहरूमा त्यस्ता यौन दुर्व्यवहारहरू भएका छन् ।
टोलीसँग बलात्कार, यौन उत्पीडन, क्रूरता र अमानवीय घटनाका बारेमा स्पष्ट र भरपर्दो जानकारी रहेको प्रतिवेदनमा उल्लेख छ । बीबीसीले पनि बलात्कार, यौन हिंसा र महिलाको विकृतिका घटनाहरू देखेको र सुनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment