पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्वीरसहित)

अनिल पोख्रेल
२५ फागुन २०८० ९:३९
84
Shares

काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ।

महाशिवरात्रि आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *