राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

डिसी नेपाल
२७ फागुन २०८० १२:५७
232
Shares

काठमाडौं। आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न नेपाली कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको छ।

आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए। अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ। त्यसका लागि आवश्यक निर्णय गर्न आज राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति यसअघनै भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *