चेक रिपब्लिककी क्रिस्टिना पिज्कोभा बनिन् मिस वर्ल्ड

डिसी नेपाल
२७ फागुन २०८० १६:१४

काठमाडौं । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१ औँ ‘मिस वर्ल्ड’ बनेकी छिन् । सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको यस प्रतियोगिताको विजेता शनिबार राति नै तय भएको हो ।

सन् २०२३ को मिस वर्ल्डको उपाधि जितेपछि पिज्कोभाले मुम्बईमा मिडियासँग कुरा गरेकी हुन् ।

उनले भनिन्, “म धेरै उत्साहित छु। मिस वर्ल्ड एउटा यस्तो चीज हो जसको लागि मैले धेरै मेहनत गरिरहेकी छु। मलाई थाहा छ कि मिस वर्ल्ड प्लेटफर्मले हामीलाई महत्त्वपूर्ण ठानेका मुद्दाहरूको लागि बोल्ने क्षमता दिन्छ। जहाँसम्म मेरो सवाल छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु।”

लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन् । यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोस चुनिएकी थिइन् ।

यो प्रतियोगिता २०२४ मा आयोजना भएको भए पनि यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको थियो । तर यसको कार्यक्रम स्थगित भएको थियो। सेप्टेम्बरमा भारतमा आयोजना गर्ने घोषणा जुनमा भएको थियो।

तर, केही कारणले डिसेम्बर र त्यसपछि मार्चमा आयोजना गर्ने निर्णय भयो । अब ७२ औं मिस वर्ल्ड प्रतियोगिता २०२५ मा आयोजना हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *