गणतन्त्रकोे अवसान चाँडै हुँदैछ : दिलनाथ गिरी, नेता राप्रपा नेपाल

डिसी नेपाल
२८ फागुन २०८० १२:०७

वर्तमान व्यवस्था र अवस्थाको अन्त्य भन्दै राष्ट्रवादी शक्तिहरु आन्दोलनमा होमिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेका छन् । उनले नेपाली कांग्रेससँगको सहज गठबन्धन तोडेर एमालेसँगको गठबन्धन गरेका छन् । जसलाई बाह्य हस्तक्षेपको उपज मानिएको छ ।

विशेष गरी नेपाली कांग्रेसको महासमिति बैठकबाट आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्ने र हिन्दु राष्ट्र बनाउने भन्दै बुझाइएको हस्ताक्षरबाट प्रचण्ड सशंकित बनेका थिए ।

कांग्रेसभित्र बढ्दो हिन्दु राष्ट्रप्रतिको झुकाव र दक्षिणी छिमेकीको हिन्दु नीतिले बाम लोकतान्त्रिक गठबन्धन तोडेर बाम गठबन्धन गरेका प्रचण्डको आगामी यात्रा भने त्यति सहज देखिँदैन । विगतमा एमाले अध्यक्ष ओलीसँगको कटु सम्बन्ध र दक्षिणी छिमेकीलाई बेवास्ता गर्दै गरिएको यो गठबन्धन धेरै अगाडि जानेमा शंका उत्पन्न हुन्छ ।

अर्कोतर्फ वर्तमान व्यवस्था र अवस्था नै परिवर्तन गर्ने भन्दै राष्ट्रवादी शक्तिहरु आन्दोलित भएको अवस्थामा वर्तमान गठबन्धन निर्माणको उद्देश्य, भविष्य र राष्ट्रवादी शक्तिको आन्दोलनका विषयमा राप्रपा नेपालका नेता दिलनाथ गिरीसँग गरिएको संपादित अंश :

वर्तमान रराजनीतित समीकरणलाई कसरी हेर्नु भएको छ ?

बर्तमान राजनीतिक समीकरण नितान्त राष्ट्र र जनताको हितको बिरूद्धमा छ । र, यो गणतन्त्रात्मक प्रणालीको मर्म र भाबनाको पनि बिरूद्धमा छ । यसले अस्थिर र अराजकताको प्रतिनिधित्व गर्ने छ र बिदेशीहरूको चलखेल तिब्ररूपमा अगाडि बढाउनेछ ।

जनतामा चरम असन्तुष्टी र निराशा आउनेछ । र यही अबस्था रहिरहे मुलुक गम्भीर संकटमा पर्ने देखिन्छ । बर्तमान सरकारका गतिबिधिले बिदेशीहरू प्रतिको भाब, भक्ति र समर्पण नै बर्तमान सरकारको मूल उद्देश्य रहेको कुरालाई सहजै अनुमान गर्न सकिन्छ ।

यो गठबन्धन जसरी बन्यो त्यसका पछाडि बाह्य शक्तिको प्रभाव स्पष्ट देखिन्छ । यो घटनाले के देखायो भने नेपाली राजनीतिमा अब इमान भन्ने चीज नै रहेन । आफू सत्तामा टिकिराख्न जोसँग जस्तो सुकै पनि सम्झौता गर्न दलका नेताहरु तयार रहन्छन् भन्ने सन्देशसमेत यो गठबन्धन निर्माणले देखाएको छ । राजनीतिमा इमान र नैतिकता अब रहेन भन्ने पनि यो प्रकणले देखाएको छ ।

मुलुकमा एकपछि अर्को घटनाक्रम बिकास भइरहेको छ । यसमा बाह्य शक्तिको हातरहेकाे चर्चा हुुने गर्दछ । त्यसमा कतिको सत्यता छ ?

नेपालमा स्थापित भएको गणतन्त्रात्मक प्रणालीको मौलिक स्वरूप नै बिदेशीहरूको इच्छा , आकांक्षा र नियन्त्रणमा आधारित ग्रायनडिजायनको नमुना भएको हुँदा यो ब्यबस्था पूर्णरूपमा बाह्य शक्तिबाट संचालित छ । त्यसैले यसमा दुबिधा हुनुपर्ने सवाल नै छैन ।

जतिबेला नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गर्दै माओवादीलाई मुलधारको राजीतिमा ल्याउने काम भयो, त्यतिबेला देखि नै मुलुक बाह्य शक्तिले लादेको गलत रोडम्याममा हिडिँरहेको छ । आज त्यही गलत मार्गचित्रका कारण मुलुका इतिहासको गम्भीर मोडमा पुगेको छ ।

अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ भने मुलुकको अस्थित्वमाथि नै खतरा बढेको छ । विदेशीको हस्तक्षेप ह्वात्तै बढेको छ । राजनीतिक दलका नेतालाई सत्ता र कुर्सीसँग मात्रै मतलव हुन थालेको छ । देश र जनताप्रति उत्तरदायी सरकार मुलुकमा छैन । दैनिक हजारौं नेपाली जनता विदेशीने क्रम जारी छ ।

देशमा विकास निर्माणको काम अगाडि बढ्न सकेको छैन । शिक्षा र स्वास्थ्यको अवस्था भयावह रुपमा बिग्रिएको छ । यसरी हेर्दा मुलुक असफल राष्ट्रमा परिणत हुने त होइन भन्ने चिन्ता बढेको छ । किनभने मुलुक असफल राष्ट्र बनाउने गरी गतिविधि भइरहेका छन् ।

अहिलेको अबस्था र ब्यबस्थाप्रति जनतामा असन्तुष्टि बढीरहेको छ । तपाईंहरू ब्यबस्था परिवर्तन गर्छौं भन्ने शक्तिहरू एक आपसमा मिल्न सक्नु भएको छैन । अनि कसरी ब्यबस्था परिवर्तन सम्भव हुन्छ ?

मैले माथि उल्लेख गरिसकेको छु , यो ब्यबस्था नेपालको हित र समुन्नतीको निमित्त हैन र छैन । यो ब्यबस्थाको मुल उद्देश्य नै असफल राष्ट्र बनाउने हो, युबाहरू देशभित्र बस्नै नसक्ने अबस्थाको श्रृजना गर्ने, देशका सबै तह र तप्काहरूलाई धोस्त बनाउने, बिश्वमै एक भ्रष्टाचारी मुलुकको पहिचान बनाउने यो गणतन्त्रात्म ब्यबस्थाको कार्यदिशा भएको कुरा हामीले बुझ्यौं ।

त्यसैले यो ब्यबस्थाको बिरोधमा हामी रह्यौं र जुन दिन हामीले जस्तै नेपाली जनताले यो ब्यबस्थालाई बुझ्नेछन् त्यही दिन यो ब्यबस्थाको अन्त्य हुने छ र त्यो समय नजिक आइरहेको छ । जँहासम्म समान बिचार भएका राष्ट्रबादी शक्तिहरूको बीचको समजदारी वा एकताको सवाल छ यो अत्यन्तै महत्वपूर्ण र सान्दार्भिक छ ।

यदि हामी हामीले अबलम्बन गरेको सिद्धान्तप्रति निष्ठाजान छौं, इमानदार छौं हामी देश जनताप्रति बेइमान गर्दैनौं अरू दल भन्दा हामी फरक छौं भन्ने मान्यतालाई प्रमाणित गर्ने समय आएका छ ।

र, राप्रपा, राप्रपा नेपाल र केशरबहादुर बिष्ट, दुर्गा प्रसाईंलगायत सबै तह र तप्काका शक्तिहरू सैद्धान्ति निष्ठालाई अर्जुनदृष्टी बनाई निकट भबिष्यमै ऐकेवद्धता हुनेछ भन्ने आम कार्यकर्ता र जनताको चाहना रहेको कुरा हाम्रा नेताहरूले बुझ्नु भएको छ ।

त्यसका लागि विभिन्न प्रयास पनि भइरहेका छन् । समान विचार र उद्देश्य लिएर आन्दोलनरत पक्षबीच वृहत समझादारी गरेर अगाडि बढ्दा त्यसो निकै प्रभावकारी हुने र त्यसको दबाव पनि धेरै हुने भएको हुनाले अब अहिलेको जनताको नैरास्यतालाई चिर्न, मुलुकलाई असफल राष्ट्र हुनबाट बचाउन, मुलुकको धर्म संस्कृति बचाउन र मुलुकको सार्वमौमिकताको रक्षा गर्न पनि समान विचार भएका दल वा समूहसँगको सहकार्य अहिलेको आवश्यकता हो ।

अहिले बिभिन्न शक्ति आन्दोलनमा उत्रिएका छन् । राप्रपा नेपाल के गर्दै छ ?

राप्रपा र राप्रपा नेपाल दुबै दलले आन्दोलनको घोषणा गरेका छन् । यो दुबैदल फरक हैन प्राबिधिक रूपमा फरक देखिए पनि । त्यसैले अरू दलहरू भन्दा फरक छौं भन्ने मान्यता स्थापित गरी जनताको बिश्वास लिन बान्छनीय भएको हुँदा नेताद्वय कमल थापा र राजेन्द्र लिङदेनको बीचमा चाँडै समझदारी हुनेछ र उहाँहरू दुबैको प्रयासले दुर्गा प्रसाईंलगायतका राष्ट्रबादी शक्तिहरूको बीचमा समेत कार्यगत एकता हुनेछ भन्ने कर्यकर्ता पंक्ति र आम जनताको चासो र चिन्ता रहेको छ ।

किनभने राष्ट्रवादी शक्ति विभाजित बन्दा त्यसको फाइदा अरुलाई नै पुग्ने हुँदा अब आफ्नो अडान, हठलाई त्यागेर मुलुक र जनताका लागि सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।

हिन्दु राज्यको मुद्दा नेपाली कांग्रेसभित्र पनि जोडतोडका साथ उठिरहेको छ । तपाईँहरुको त यो मुख्य मुद्दा नै हो । मुलुक चाँडैं हिन्दुराष्ट्र बन्ने दाबीमा कतिको सत्यता छ ?

हिन्दु राष्ट्र बिदेशीको षड्यन्त्रको कारणबाट किनारा लगाइएको हो । यो नेपाल र नेपालीको हितको बिरूद्धमा छ ।

नेपालमा ९४ प्रतिशत हिन्दुहरूले बसोबास गरेको मुलुक हो । यो नेपाली जनताको चाहना अनुसारको ब्यबस्था हैन, यो बिदेशीहरूको षड्यन्त्रबाट भित्र्याइएको ब्यबस्थ हो । त्यसैले यो ब्यबस्थाको लामो आयु छैन । जुन दिन यी सबैकुराको बुझाई नेपाली जनतामा हुनेछ, त्यही दिन गणतन्त्रको अबसान हुने निश्चित छ ।

पछिल्लो समय हिन्दु राष्ट्रको मुद्दा राप्रपा र राप्रपा नेपालको मात्रै रहेन । भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा १५ सय बढी प्रतिनिधिले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर नै बुझाउनु भएको छ । हिजो सुसुप्त अवस्थामा रहेको हिन्दु राष्ट्रको माग आज आम नेपालीको साझा माग बन्दै गएको छ ।

अझ यो जनजनबाट हिन्दु राष्ट्र हुनुपर्छ भन्ने माग जोडतोडले उठ्न थाल्नु भएको अब मुलुक चाँडै हिन्दु राष्ट्र बन्छ भन्ने पूर्व संकेत हो । किनभने आफ्नो धर्म संस्कृति मासेर कुनै मुलुक मुलुक अगाडि बढेको इतिहास छैन । आफ्नो स्वार्थ पूरा गर्न विदेशीको इसारामा ल्याइएको धर्म निरपेक्षतालाई विदाइ गर्दै मुलुकलाई अब चाँडै हिन्दु राष्ट्र बनाउने तिर लाग्न म सबैलाई आह्वान गर्न चाहन्छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *