चर्चित रेस्लर जोन सिना ओस्कर अवार्ड समारोहको स्टेजमा नग्न अवस्थामा पुगेपछि…
काठमाडौं । चर्चित रेस्लर जोन सिना अहिले चर्चामा छन् । मार्च ११ मा उनी सामाजिक संजालमा शीर्ष ट्रेन्डिङमा छन् । उनी ९६ औं एकेडेमी अवार्डमा उत्कृष्ट पोशाक डिजाइनको अवार्ड दिन स्टेजमा पुगेका थिए।
सोसल मिडिया प्लेटफर्म एक्समा मानिसहरूले यस सम्बन्धमा धेरै मिमहरू साझा गरेका छन्। जोन सिनाको यो अवतार देखेर मानिसहरूले आश्चर्य व्यक्त गरेका छन् । रेस्लरबाट अभिनेता बनेका जोन सिनालाई जब स्टेजमा बोलाइयो, उनी लगभग नग्न थिए।
जोन सीना प्लेकार्ड लिएर आएको देखेर ठूला स्टारहरु छक्क परे । तर, यो पल उनीहरूका लागि अविस्मरणीय र मनोरञ्जनात्मक बनेको छ । दर्शकलाई हसाउन पनि उनी सफल भए । उनी प्लेकार्ड बोकेर हिँडिरहेका थिए ।
यसै क्रममा दर्शकमा रहेका मानिसहरु चर्को स्वरमा नाराबाजी गर्न थाले । जोन सीनाको शब्द सुनेर मानिसहरु चर्को स्वरले हाँस्न थाले । यसपछि उनले उत्कृष्ट पोशाक डिजाइनका लागि मनोनयनमा परेका व्यक्तिहरूको नाम घोषणा गरे। यस क्रममा होस्टले उनलाई लुगा लगाइदिए । त्यसपछि उनले विजेताको नाम घोषणा गरे ।
यस पटक ‘पुअर थिङ्स’ ले उत्कृष्ट पोशाक डिजाइनको लागि ओस्कार अवार्ड पाएको छ । फिल्मले कपाल र मेकअप, प्रोडक्सन डिजाइन र कस्ट्युम डिजाइनलगायत धेरै अवार्डहरू प्राप्त गरेको छ। यो फिल्मलाई योर्गोस ल्यान्थिमोसले निर्देशन गरेका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment