कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

डिसी नेपाल
२८ फागुन २०८० १९:४०

काठमाडौं। तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कति सम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ वास्तविकता देखाउने कोशिस गरिएको छ।

गीतमा यथार्थ र वास्तविकतालाई मिठो शब्द बनाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले। गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ। गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुधुर आवाज दिएकी छन।

गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ। गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *