प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै (लाइभ)

डिसी नेपाल
३० फागुन २०८० ११:३८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिन लागेका छन् । फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभा समक्ष विश्वासको मत लिन लागेका हुन्।

कांग्रेससहितको गठबन्धन परित्याग गरेर एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी सम्मिलित नयाँ गठबन्धन कायम गरेपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलागेको हो।

नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *