चीनको हेबेई प्रान्तमा शक्तिशाली विष्फोट

डिसी नेपाल
३० फागुन २०८० १३:०२

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ ।

भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी साधनमा क्षति पुगेको र भग्नावशेष सडकमा फैलिएको देखिन्छ ।

ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो।

आक्रमणमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ । यद्यपी मृतकको संख्या अझै थाहा हुन सकेको छैन ।

ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *