राजस्थानको आवासीय क्षेत्रमा भारतीय वायुसेनाको तेजस विमान दुर्घटना

डिसी नेपाल
३० फागुन २०८० १३:४५
96
Shares

काठमाडौं । भारतीय वायुसेनाको तेजस विमान राजस्थानको जैसलमेरमा मंगलबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।

विमान दुर्घटना भएको पुष्टि गर्दै भारतीय वायुसेनाले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतीय वायुसेनाको तेजस विमान आज जैसलमेरमा सञ्चालन प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भयो। पाइलट सकुशल बाहिर निस्किए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।”

विमान जैसलमेरको डेडानसार नजिक भिल समुदायको होस्टेलमा खसेको हो । दुर्घटना हुँदा छात्रावासमा विद्यार्थी थिएनन् ।

युआईटी सचिव जितेन्द्र सिंह नारुका, आयुक्त लजपाल सिंह सोढालगायत प्रहरी र प्रशासनका अधिकारी घटनास्थल पुगेका छन् ।

जैसलमेरका कलेक्टर प्रताप सिंहले बीबीसीलाई भने, “घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रशासनलाई तुरुन्तै घटनास्थलमा पठाइएको थियो। दुर्घटनाका कारण लागेको आगोलाई नियन्त्रणमा लिइएको छ। थप जानकारीको प्रतीक्षा छ।”

पोखरणमा आज तीनै सेनाको ‘भारत शक्ति’ युद्ध अभ्यास भइरहेको छ । यस्तो अवस्थामा यो विमान अभ्यासमा सामेल थियो वा थिएन यो अहिले पुष्टि गर्न सकिँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *