५८ लाख भन्दा बढीको औषधिसहित ट्रक नियन्त्रणमा
काठमाडौं। पर्सा जिल्लाको वीरगंज महानगरपालिका १७ स्थित आईसिपीको चेकप्वाईन्टबाट बुधबार साँझ सशस्त्र प्रहरीले करीव ५८ लाख ५७ हजार रुपैयाँ बराबरको औषधिसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधिको विलमा उल्लेख भए भन्दा फरक अन्य सामान समेत रहेको भन्ने बिषेश सुचनाको आधारमा प्रस्तावित सीमा सुुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो।
औषधि र सामान कहाँको लागि लगिएको भन्ने खुलेको छैन। नियन्त्रणमा लिइएको औषधि तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment