पूरै बस अपहरण गरेर यात्रुलाई बन्धक बनाउने अपहरणकारी पक्राउ

डिसी नेपाल
१ चैत २०८० १५:४१

काठमाडौं । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बस अपहरणको घटना सार्वजनिक भएको छ । रियोको मुख्य बस स्टेसनमा अपहरणकर्ताले खुलेआम बस अपहरण गरेका छन् । बसमा सवार सबै १७ जनालाई बन्धक बनाइएको थियो । सबै यात्रुले केही घण्टा आतंकमा बिताए।

ब्राजिल प्रहरीले आरोपी अपहरणकारीलाई पक्राउ गरेको छ । उनी अहिले जेलमा छन् । बसमा रहेका सबै बन्धकहरुलाई रिहा गरिएको छ । अपहरणकारीले बन्धक बनाएकामा वृद्धवृद्धा र बालबालिका पनि थिए । को हुन् बस अपहरण गर्ने अभियुक्त ? यसको उद्देश्य के थियो? प्रहरीले यसबारे खुलाएको छैन ।

घटना मंगलबार दिउँसो भएको हो । बसमा रहेका सबैजना मिनास गेराइस राज्यको जुइज डे फोरा सहर जान लागेका थिए। त्यसपछि अभियुक्तले अपहरण गरे । पहिले अपहरणकारीले बस स्टेसनमा पार्किङ गरेको बस बाहिर दुई जनालाई गोली हानेर घाइते बनाएका थिए ।

यसपछि उनीहरु बसभित्र पसेर सबै यात्रुलाई बन्धक बनाए । तर, रियोको मुख्य बस स्टेशनमा यस्तो घटना नौलो भने होइन । पछिल्ला दिनमा यस्ता घटनामा थप वृद्धि भएको छ । यहाँ दिनहुँ बसलाई लक्षित गरी चोरी र अपहरणका घटना हुने गरेका छन् ।

२०१९ मा पनि बस अपहरणको ठूलो घटना भएको थियो। ब्राजिलको रियो दि जेनेरियोमा एक व्यक्तिले बन्दुक देखाएर बस कब्जा गरेका थिए । सूचना पाएलगत्तै प्रहरी पुगेर अपहरणकारीलाई रिहा गर्न वार्ता गरेपछि अपहरणकारीले ६ जनालाई रिहा गरेको थियो ।

त्यसपछि सेनाका जवान र कमाण्डोले बसलाई घेरा हालेका थिए । अपहरणकारीले बारम्बार बसमा आगो लगाउने धम्की दिइरहेका थिए । तर सिपाहीहरूले समयमै उनलाई गोली हाने। यसपछि सबै बन्धकहरू उनको कब्जाबाट मुक्त भएका थिए। यसअघि सन् २००० मा पनि यस्तै घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *