सम्बन्धविच्छेदको अनौठो घटना, श्रीमानले श्रीमतिसँग मिर्गौला फिर्ता मागे

डिसी नेपाल
२ चैत २०८० १२:२३

काठमाडौं । तपाईंले सम्बन्धविच्छेदका धेरै केसहरू देख्नु भएको होला, तर यो केस अलि फरक छ। प्राय: पति वा पत्नीले सम्झौताको रूपमा पैसा माग्छन्। तर यी व्यक्तिले मिर्गौला मागे थिए ।

डा. रिचर्ड बटिस्टाले सम्बन्धविच्छेदका क्रममा आफ्नी श्रीमतीसँग आफ्नो मृगौला फिर्ता गर्न आग्रह गरे, जुन उनले उनलाई दान गरेका थिए। उनले मिर्गौला फिर्ता गर्न नसके १५ लाख डलर दिनुपर्ने माग गरे । कुरा अमेरिकाको हो ।

यो मामला सन् २००९ को हो । उनले सन् १९९० मा आफ्नी श्रीमती डोनेलसँग विवाह गरेका थिए । दुवैका तीन सन्तान छन् । तर श्रीमती बिरामी भएकाले वैवाहिक जीवनमा समस्या आउन थाल्यो ।

डेली स्टारको रिपोर्ट अनुसार सन् २००१ मा बटिस्टाले आफ्नी श्रीमतीलाई मिर्गौला दान गर्ने निर्णय गरेका थिए । उनको दुवै मिर्गौला फेल भएको थियो । आफ्नी श्रीमतीको ज्यान जोगाउनु आफ्नो पहिलो प्राथमिकता रहेको र दोस्रो प्राथमिकता परिवार सम्हाल्नु रहेको उनले बताए ।

तर चार वर्षपछि उनकी श्रीमती डोनेलले सम्बन्धविच्छेदको माग गरिन् । यसबाट ब्याटिस्टा निकै निराश भए । उनले आफ्नी श्रीमतीको बाहिर अफेयर रहेको आरोप लगाए । उनले श्रीमतीसँग मृगौला फिर्ता गर्न या पैसा दिन माग गरे ।

यस्तो अवस्थामा मृगौला फर्काउन नसकिने चिकित्सकहरुले बताए । विज्ञहरुले डोनेलको मिर्गौला फिर्ता गर्न दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने बताए । जसका कारण उनको ज्यानमा समेत खतरा छ । त्यसैले मिर्गौला फिर्ता दिन सकिँदैन। अहिले त्यो मिर्गौला उनको शरीरमा भएकाले डोनेलको भएको विज्ञहरुले बताए ।

तर, पछि डा बटिस्टाको कुनै पनि माग पूरा भएन । नासाउ काउन्टी सर्वोच्च अदालतले उनको अनुरोध अस्वीकार गर्यो। अदालतले दश पृष्ठको फैसला सुनायो ।

वैवाहिक सम्बन्ध मामिलाका न्यायाधीश जेफ्री ग्रोबले भने, ‘प्रतिवादीको क्षतिपूर्ति र मृगौलाको माग कानूनले पूरा गर्न सक्ने समाधानको विपरित मात्र होइन, यसले प्रतिवादीलाई आपराधिक अभियोगमा फसाउन सक्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *