प्यालेस्टाइनका राष्ट्रपतिले आफ्ना आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त गरे

डिसी नेपाल
२ चैत २०८० १५:३६

काठमाडौं । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले आफ्ना लामो समयदेखिका आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

२६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली भएको थियो । सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो ।

गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्छ भन्ने अमेरिका चाहन्छ ।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन् । अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन ।

प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *