ठगी गर्नको लागि १७ पटक गर्भवती भएको नाटक !

डिसी नेपाल
२ चैत २०८० १६:४४

काठमाडौं । एउटी महिलाले १७ पटक गर्भवती भएको नाटक गरि ठगी गरेकी छिन् । उनी कपडाभित्र तकिया लगाएर घुमिरहन्थिन् । अहिले उनी जेलमा छिन् । उनले डेढ करोड रुपैयाँ ठगी गरेकी छन् । यो रकम सरकारले बालबालिकालाई आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको हो ।

ती महिलाको पहिचान ५० वर्षीया बारबरा अयोले भएको बताइएको छ । नक्कली गर्भावस्थाका कारण सरकारी आर्थिक सहयोगको फाइदा मात्रै नभई उनले बारम्बार अफिसबाट लामो बिदा पनि लिइरहेकी थिइन् । उनले सन् २००० देखि यो नाटक गरिरहेकी छिन् । त्यसको अर्थ महिलाले २४ वर्षदेखि यस्तो गरिरहेकी छिन् ।

डेली स्टारको रिपोर्टका अनुसार बारबरालाई यसबारे सोध्दा उनले ५ वटा मात्रै गर्भधारण सफल भएको र १२ वटा गर्भपात भएको बताइन् । पछिल्लो पटक गत डिसेम्बरमा आफू गर्भवती भएको उनले बताइन् । प्रहरीले भने उनले झुट बोलेको बताएको छ । प्रहरीले उनीमाथि ९ महिनाको अवधिमा निगरानी पनि गरेको थियो ।

अभियोजनकर्ताहरूले इटालीको राजधानीको एक क्लिनिकबाट ठगी गर्नका लागि नक्कली कागजातहरू सहित जन्म प्रमाणपत्रहरू चोरी गरेको बताए। बार्बरालाई आफ्नो टपमा तकिया राखेको आरोप लगाइएको छ जसले गर्दा मानिसहरूले उनी गर्भवती भएको ठान्थे ।

उनको ५५ वर्षीय साथी डेभिड पिज्जिनाटोले पुलिसलाई सोधपुछको क्रममा बारबरा वास्तवमा कहिल्यै गर्भवती भइनन् भन्ने कुरा आफूलाई राम्ररी थाहा भएको बताए। तर, यो ठगी मुद्दामा डेभिडको संलग्नता हुने सम्भावना छ । यस्तो अवस्थामा प्रहरीले उनलाई फेरि सोधपुछ गर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *